सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ ।

आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।