काठमाडौँ । अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ घर भइ काठमाडौँ टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेको आरोप छ ।
पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया