काठमाडौँ । बुधबार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पूर्वाधार विकास समितिको बैठकमा काँग्रेस सांसद अनुपस्थित भएको छन् ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि आमन्त्रित थिए ।
आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित उजुरीबारेको छलफल गर्ने कार्यसूची थियो । समिति स्रोतका अनुसार मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेको थियो । उक्त ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको आरोप समितिमा प्राप्त उजुरीहरूमा लगाइएको छ ।
छलफलका लागि समितिले बोलाएकै समयमा ऊर्जामन्त्री खड्का र राज्यमन्त्री तामाङ उपस्थित भएका थिए । तर, गणपूरक संख्या नपुग्दा बैठक स्थगित हुन पुगेको छ ।
समिति सभापति दीपक बहादुर सिंहका अनुसार बैठक सञ्चालनका लागि २ जना सांसदको संख्या नपुग्दा स्थगित गरिएको हो । २५ सदस्यीय समितिमा गणपूरक संख्या पुर्याउन १४ जना सांसद्को आवश्यकता पर्छ ।
तर, बुधबारको बैठकमा जम्मा १२ जना मात्रै सांसद उपस्थित हुन पुगेको सभापति सिंहको भनाइ छ
प्रतिक्रिया