पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा सोनाम ल्होछारको शुभकामना व्यक्त

पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा सोनाम ल्होछारको शुभकामना व्यक्त


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तामाङ समुदायको सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रीति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएको उनले बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तामाङ समुदायले मनाउने यो पर्वले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’