विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति मात्रे समुदायबीचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले तामाङ समुदायको महान् चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ को अवसरमा आज शुभकामना दिँदै नेपाली बीचको एकता र सद्भाव बढाउन हाम्रा चाडपर्वले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गरी सुखी र समुत्रत प्रदेशका पक्षमा काम गरिरहेको बताउँदै देशको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको अतुलनीय योगदान रहेको शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धिसहित आपसी सद्भाव र भ्रातृत्वको भावना बढाओस् भनी शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया