काठमाडौं । खोटाङबाट काठमाडौं आउँदै गरेको सुमाे ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना१ज ६४२१ नम्बरको सुमाे ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ काे सीमानामा पर्ने भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एकै परिवारकाे तीन जनाकाे मृत्यु भएकाे माने भन्ज्याङ गाउँपालिका का उपाध्यक्ष आश्रचन राईले नेपालप्रेसलाई बताए । उनका अनुसार खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो।
प्रतिक्रिया