काठमाडौं । ‘एक्टर’ का निर्माताले ‘एक्टर टेक वान’ विरुद्ध हालेको कपिराइटको मुद्दा फिर्ता लिएका छन् । यससँगै ‘एक्टर टेक वान’को प्रदर्शनमा उत्पन्न अन्योल समाप्त भएको छ ।
मुद्दा फिर्ता भएको पत्र जिल्ला अदालत काठमाडौँले हल व्यवसायीको संगठन नेपाल चलचित्र संघलाई आज पठाएको हो । यसअघि भएको जिल्ला अदालतको आदेशलाई टेकेर हल व्यवसायीले एक्टर प्रदर्शन गर्न मानेका थिएनन् ।

प्रतिक्रिया