प्रधानमन्त्रीको दाबी : नागरिक एपले सुशासनमा ठूलो योगदान गरेको छ

प्रधानमन्त्रीको दाबी : नागरिक एपले सुशासनमा ठूलो योगदान गरेको छ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनको क्षेत्रमा नागरिक एपले ठूलो योगदान गरेको बताएका छन् ।

प्रतिनिधि सभाको हिउँदै अधिवेशनअन्तर्गत पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिक एपबाट नागरिकले सरकारी सेवा सहज रूपमा लिन पाएको बताएका हुन् ।

नागरिक एपले ५० भन्दा बढी सेवा दिएको भन्दै उनले सुरु गरेको केही दिनमै यो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने पहिलो एप बनेको बताए । प्रधानमन्त्रीले ५७ लाख २६ हजार जनताले डाउन लोड गरिसकेको जानकारी दिए ।

केही वर्षअघि क्युआर स्क्यान गरी भुक्तानी थाल्दा भुक्तानी शैलीमा क्रान्ति आएको चर्चा गर्दै उनले अहिले डिजिटल माध्यमबाट भुक्तानीको सुविधा मिलेको भन्दै नागरिक एपबाट क्युआर ‘लाइन होइन, अनलाइन’ सेवाको लक्ष्य पूरा हुँदै गएको बताए ।

यसले सरकारी कामलाई छिटो र पारदर्शी बनाएको प्रधानमन्त्रीको भनाइ थियो । उनले नागरिक एपबाटै १ लाख ८० हजारले प्यान नम्बर लिएको पनि बताए