काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ सरकारको घमण्ड धेरै नगर्न चेतावनी दिएका छन् ।
शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (एस)का नेता एवम प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले दुई तिहाइको सरकारले निरंकुश शासनको झल्को देखाइरहेको टिप्पणी गरे ।
उनले सम्बोधन गर्दै भने, ‘अघि प्रधानमन्त्री ज्यूले दुई तिहाइको सरकार हो भनेर दम्भ देखाउनुभयो । त्यसो भए दुई तिहाइको सरकार छ भनेर जे-जे गर्न मन लाग्यो त्यही गरे भइहाल्यो नि । जे मन लाग्छ त्यही गर्नुस् । दुई तिहाइ छ भने कालोलाई सेतो भन्नुस् न त, दुई तिहाइको धेरै घमण्ड नगर्नुस् । दुई तिहाइको सरकारले निरंकुश शासनको झल्को देखाउँछ ।’
नेता पाण्डेले दुई तिहाइको सरकारले धेरै राम्रा काम गरेको देखाउनका लागि अध्यादेश ल्याएको बताए ।
उनले भने, ‘अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन, दुई अधिवेशनको विचमा ल्याउने हो । केही दिनमा अधिवेशन सुरु हुदैँछ भन्दा भन्दै हतारमा किन ल्याउनुपर्यो रु. दुई ठुला दल मिलेर धेरै राम्रा काम गर्न सकिरहेका छौ भनेर देखाउनका लागि अध्यादेश ल्याएको हो र ?’
प्रतिक्रिया