काठमाडौँ। धनगढीमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट टि-२० प्रतियोगिता हुने भएको छ ।
आयोजक गो ड्रिमर्सले शुक्रबार फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पत्रकार गर्दै सम्मेलन प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको गो ड्रिमर्सका अध्यक्ष सुवास बी शाहीले जानकारी दिए ।
प्रतियोगिताका खेलहरू खेल्नका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण गरिएका छन् भने मैदानमा दर्शकहरूलाई बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिएको छ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्नेछन्। उद्घाटन समारोहमा गायक चक्र बमको सांगीतिक प्रस्तुति पनि रहनेछ ।
शनिबार हुने उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने भएका छन् । डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
प्रतिक्रिया