आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता

आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता


जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

आइतबार उक्त मुद्दामा सुनुवाइ भइसकेको र केही समयमा आदेश आउने मेयर यादवले प्रशासनलाई बताए । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए ।

आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर गत शुक्रबार मुद्दा दर्ता भएको हो । साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ । बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो । अदालतको आदेश आउनुअघि नै महासचिव साहले आफूलाई अदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवले बताए ।