शाखा अधिकृत प्रसाईँविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत प्रसाईँविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईँविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीविरुद्धको मुद्दा दर्ता भएर थुनछेक बहस पनि सुरु भएको विशेष अदालतले जनाएको छ ।

अख्तियारका अनुसार उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप छ । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको थुनछेक बहस सुरु भइसकेको छ । उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : घुस रकमसहित शाखा अधिकृत अख्तियारको नियन्त्रणमा