काठमाडौँ । नक्कली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा-९ का २७ वर्षीय मुकेश कुमार सोनी छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरको २९ थान नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुकनाहा बजारकै किराना पसलमा मुकेश कुमारले सामान किनपछि नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रतिक्रिया