साथै उनीहरूले अछामको ढकारी गाउँपालिकामा केही दिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उनीहरूले घटनामा संलग्नलाई कारबाही गर्न माग गरे।
सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु विडम्बना भएको बताइन् ।
सांसद गोपीबहादुर सार्की अछामीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा २२ वर्षीय दिनेश विक प्रेमिकालाई भेट्न जाँदा गाउँलेले कुटपिट गरेर हत्या गरेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।
सभाका अर्का सदस्य जगप्रसाद शर्माले स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक हक कार्यान्वयन गर्न खानेपानी वितरण प्रक्रियामा लाग्दै आएको विद्युत् महसुल मिनाहा गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद तारामान स्वाँर, मायाप्रसाद शर्मा र तुलसाकुमारी दाहालले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि सङ्घीय सरकारले ध्यान दिनुपर्ने, जाजरकोट भूकम्पबाट प्रभावितका आवास पुनः निर्माणमा ढिलाइ हुन नहुने तथा संविधानको भावनाअनुसार कानुन निर्माण गर्न संघिय संसद्को चालु अधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिए।
अहिले राष्ट्रिय सभाको बैठक जारी छ ।
प्रतिक्रिया