काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चालन भइरहेका बेला अस्वस्थ भएका छन् । राष्ट्रिय सभा बैठक चलिरहँदा सांसद भट्ट उच्च रक्तचाप र मधुमेहको कारण बैठकमै ढलेका हुन् ।
आसन ग्रहण गरिरहेका अवस्थामा एक्कासी ढलेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो ।
रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए ।
प्रतिक्रिया