काठमाडौ । अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बसोबास गर्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा गोपाल ठकुरी, राजकुमार रोका र राहुल थापा क्षेत्री रहेका छन्। उनीहरूलाई गत साता नेपाल फर्काइएको स्रोतले बताएको छ। गोपाल र राजकुमारलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो भने राहुललाई सिंगापुर एयरलायन्सबाट फर्काइएको हो।
स्रोतका अनुसार गोपाल र राजकुमार गैरकानुनी रूपमा अमेरिका बस्दै आएका थिए। पर्यटक भिसामा अमेरिका गएका राहुललाई भने लुकीछिपी बसेको आशंकामा पक्राउ गरी अमेरिकी अध्यागमनले नेपाल फर्काएको स्रोतको भनाइ छ।
प्रतिक्रिया