५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत

५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत


काठमाडौँ । सडकमा गुडिरहेका ५९९ वटा सवारी साधन परीक्षण गर्दा ३४५ वटाको धुवाँ उत्सर्जन मापदण्ड विपरीत पाइएको छ ।

काठमाडौँ महानगरपालिकाले निकायगत समन्वयमा गरेको प्रदूषण चेकजाँचका क्रममा ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत भेटिएको महानगरपालिकाले सोमबार जानकारी दिएको हो ।

चेकजाँच गरिएका पेट्रोलबाट चल्ने १४८ वटा सवारी साधनमध्ये २३ वटा फेल भएका छन् । डिजेलबाट चल्ने ४५१ वटा चेकजाँच गर्दा ३२२ वटा फेल भेटिएका हुन् । यसरी हेर्दा पेट्रोलका सवारी साधनभन्दा डिजेलबाट चल्ने धेरै सवारी साधनहरू मापदण्ड विपरीत छन् ।