तपाईको आज अर्थात् २०८१ साल माघ २२गते मंगलबारको राशीफल

तपाईको आज अर्थात् २०८१ साल माघ २२गते मंगलबारको राशीफल


आज मंगलबार, २२ माघ २०८१ ९४ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल(
मेष : शुभ समाचार सुन्न पाइएला। प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। पुराना साथीभाइसँग अप्रत्याशित भेट होला।भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

वृष : सरकारी  निकायको भय रहला। वैदेशिक कार्यमा बाधा आउनेछ, अविश्वास उत्पन्न होला। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। मान्यजनको आशीर्वादले काम गर्नेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
मिथुन : प्राविधिक क्षेत्रमा उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। दाम्पत्य र प्रेम जीवन सुखमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। सेयर बजारबाट फाइदा हुनेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।
कर्कट : आज सुनदर  पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। भाग्यशाली रङ कालो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। चिन्ता नलिने।

सिंह :पदोन्नतिको सम्भावना छ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ। व्यवसायका क्रममा नयाँ योजना बन्नेछन्। मनोरञ्जनात्मक तरिकाले दिन बित्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या :  बन्न  लागेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। तर, साँझमा भने धन हात पर्न सक्छ।भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: धर्मकर्म , परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृश्चिक : आफन्तसँग भेटघाट हुनेछ। पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ।भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : स् शुभकार्यको चर्चा चल्नेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। रोकिएका काम पूरा हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर छ।भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर :स् लाभहानि बराबरी हुनेछ। झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला।भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

कुम्भ :अरुलाई  प्रभावित पारेर काम बन्नेछ। पारिवारिक जीवन र प्रणय सम्बन्ध गाढा हुँदै जानेछ। मनोरञ्जनमा सहभागी भइएला। गरेको कार्यमा सफलता पाइनेछ। सेयर बजारमा लगानीको अवसर छ। सुखद यात्रा हुनेछ।भाग्यशाली रङ पहेँलो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। निलो रङको प्रयोग नगर्ने।

मीन : विद्यामा  प्रगित होला। परीक्षा राम्रो हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ। न्यायिक कार्य तपाईँको पक्षमा हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला।भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।