काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।
त्यसैगरी आज सिता राना मगर पनि बाहिर छिन् । उनको ठाउँमा रोमा थापा टिममा आएकी छन् । उनी शृंखलामा पहिलो पटक खेल्दै छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको थियो । आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।
नेपालको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता जोशी, मनीषा उपाध्याय, रोमा थापा, ममता चौधरी, रचना कुमारी चौधरी छन् ।
प्रतिक्रिया