काठमाडौँ । थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभर खेल्दै थाइल्याण्डले ६ विकेटको क्षतिमा १०६ रन बनाएको हो ।
थाइल्याण्डका लागि पुथ्थावाङले नटआउट २५ रन र सुथिरुवाङले २७ रन जोडे। दुईबीच ५० रनको साझेदारी भएपछि थाइल्याण्डले सय रन कटाएको थियो।
त्यसअघि नेपालले थाइल्याण्डको १२ ओभरभित्र ६ विकेट लिएको थियो भने थाइल्याण्डले ५६ रन जोडेको थियो।
नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १८ रन दिइन्। डेब्यू खेलाडी रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट हात पार्न सफल भइन् ।
सिरिजमा नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ। नेपालले नेदरल्यान्ड्ससँग दुई खेल तथा थाइल्यान्डसँग एक खेल गुमाइसकेको छ।
प्रतिक्रिया