तपाईको आज अर्थात् २०८१ साल माघ २३ गते बुधबारको राशीफल

तपाईको आज अर्थात् २०८१ साल माघ २३ गते बुधबारको राशीफल


आज बुधबार, २३ माघ २०८१ ९५ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल(

मेष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम सुचारु हुनेछन्। पारिवारिक भेटघाटमा मन रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ। भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृष : नियमित खर्च बढ्नेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मिथुन : दिन सुखमय रहनेछ। परिवारमा मेलमिलाप हुनेछ। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहारविहारमा सजग रहनु होला। घरमा अतिथिको आगमन होला। टाढाबाट आएका आफन्तसँग भेटघाट हुनेछ। भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट:कार्य द्धिको योग छ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। रमणीय र सुखद यात्रा हुनेछ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक, सांस्कृतिक र दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।

कन्या: यात्रामा सावधानी अपनाउनु पर्नेछ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। साँझमा प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ। भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला : धार्मिक कृत्यमा मन रमाउनेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : धार्मिक यात्राको योग छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कृषि र उत्पादनमूलक कार्य सहजै अघि बढ्न सकिनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ । वैदेशिक कामबाट राम्रै सफलता मिल्नेछ। भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता७४ , यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु : आफन्तको प्रगतिमा मन रमाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोजगारीको अवसर आउनेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। भाग्यशाली रङ आकासे हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। उच्च महत्वकाङ्क्षाले चुनौती र झमेला बेहोर्नु पर्ला। स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ। साँझमा भने सफल यात्राको योग छ। भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ : रोकिएको काम दोहोर्‍याएर गर्दा सम्पन्न हुनेछ। शुभकार्यमा धन खर्च हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। कामले तीव्रता लिनेछ भने रोकिएका काम पनि पुनस् प्रारम्भ हुनेछ। भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन : दैनिक कार्यमा प्रगति हुनेछ। नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। धर्मकर्ममा मन लाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले सहयोग गर्लान्। भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।