काठमाडौँ । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन । नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।
प्रतिक्रिया