काठमाडौँ । विश्वविद्यालयमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा पूर्वउपकुलपतिहरूले असहमति जनाएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउने प्रस्ताव प्रवेश गरिएको थियो । उक्त प्रस्ताव काँग्रेस संसद चन्द्र भण्डारीले गरेका थिए ।
माथेमाको मतमा पूर्वउपकुलपति कमलकृष्ण जोशी पनि सहमति जनाउँछन् । पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने बेतुकको प्रस्ताव आएको उनको टिप्पणी छ ।
‘पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने हो भने विश्वविद्यालयमा कहिल्यै राजनीति अन्त्य हुने भएन,’ जोशीले भने, ‘यो वाहियात प्रस्ताव हो । यो प्रस्तावलाई स्वीकार गर्न सकिँदैन ।’
विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टिजमा जानुपर्ने बहस लामो समयदेखि चलिरहेको छ ।
पूर्वउपकुलपति माथेमाले भने, ‘२० औँ वर्ष भयो बोर्ड अफ ट्रस्टिज भनेको । यसका लागि कानुन नै संशोधन गर्नुपर्छ ।’
पूर्वउपकुलपति जोशी पनि बोर्ड अफ ट्रस्टिजको विकल्प देख्दैनन् । ‘बोर्ड अफ ट्रस्टिजले जसलाई प्रस्ताव गर्छ उसलाई बनाउने हो । राजनीतिबाट आएको व्यक्ति हुनु हुँदैन,’ उनले भने, ‘मेरिटोक्रेसीको नारा लगाउने अनि प्रस्ताव चाहिँ वाहियात ल्याउने रु विश्वविद्यालयमा प्राज्ञको विकल्प अर्को हुँदैन ।’
सबै विश्वविद्यालयमा एकरूपता कायम गर्न विज्ञहरूको प्रस्ताव छ । ‘मदन भण्डारी र नेपाल विश्वविद्यालय एक किसिमको छ । त्रिविको अर्को छ । विश्वविद्यालयमा यस्तो फरक फर प्रावधान किन ? यो के चलन हो ? अचम्मलाग्दो छ । सबैमा बोर्ड अफ ट्रस्टिज गर्नुपर्छ,’ माथेमाले भने ।
बोर्ड अफ ट्रस्टिजमा जाँदा विश्वविद्यालयलाई उपयुक्त लाग्ने व्यक्ति नेतृत्वमा आउने दाबी उनको छ । ‘पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीको भूमिका अर्कै हुन्छ । विश्वविद्यालयलाई स्वायत्त ढंगबाट चलाउन र उपयुक्त व्यक्ति ट्रस्टिजबाट ल्याउनुपर्छ,’ उनले भने ।
मंगलबार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको दफावार छलफलमा बहालवाला प्रधानमन्त्रीलाई कुलपति बनाउँदा समय दिन नभ्याउने भएकाले पूर्वराष्ट्रपति वा पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउन प्रस्ताव आएको हो ।
यद्यपि, समिति बैठकमा माओवादीका सांसद महिन्द्र राय यादवले पूर्वराष्ट्रपति नै पार्टी राजनीतिमा आउन खोज्नुले विश्वविद्यालयको कुलपति बनाउन नहुने धारणा राखेका थिए ।
‘देशको राष्ट्रपतिको उपराष्ट्रपतिको गरिमा कति छ ? पार्टीभन्दा माथि हुने हो भने ठिक छ । तर, राष्ट्रपति नै पार्टी बैठकमा आउन खोजेको हो भने विश्वविद्यालयलाई राजनीतिबाट बाहिर राख्न सकिँदैन । दलप्रति नरम हुन्छ,’ उनले भने ।
प्रतिक्रिया