नागरिकता र लालपुर्जा नभए पनि विद्युत् मिटर जडान हुने

नागरिकता र लालपुर्जा नभए पनि विद्युत् मिटर जडान हुने


काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले नागरिकता र लालपुर्जा नभए पनि विद्युत् जडान गर्न पाउने भएका छन् ।

सुस्ता गाउँपालिका वडा नम्बर-५ सुस्ता बस्तीमा १ हजार ५ सय ७१ मिटर लामो झोलुंगे पुलबाट राष्ट्रिय प्रसारण लाइन पुगे पनि लालपुर्जा र नागरिकता नहुँदा अधिकांश सुस्ताबासीले विद्युत् मिटर जडान गर्न पाएका छैनन् ।

गाउँमा विद्युत् पुगेर पनि बत्ती बाल्न नपाएपछि स्थानीयले प्रशासन र विद्युत् कार्यालयमा स्थानीय तहको सिफारिसअनुसार विद्युत् मिटर जडान गर्न माग गर्दै आएका थिए । तर, आवश्यक कागजात नपुगेको भन्दै विद्युत् कार्यालयले विद्युत् मिटर जडान नगरेको र मिटर जडान नभएको भन्दै सुस्तामा पुगेको विद्युत् लाइनसमेत काटिदिएको थियो ।