महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला


काठमाडौँ । काठमाडौँस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिएका छन् ।

एसपी बोहोराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।