काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको चितवन जिल्ला अदालतमा बयान सकिएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा मंगलबार मुद्दा दायर भएसँगै लामिछाने आज बुधबार चितवन जिल्ला हाजिर भएपछि मध्याह्नबाट उनको बयान सुरु भएको थियो । लामिछानेको मुद्दा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेस भएको छ ।
प्रतिवादी लामिछानेको तर्फबाट बहस गर्न एक जना वरिष्ठ अधिवक्तासहित ६ जना र सहकारी पीडित जाहेरवालाका तर्फबाट बहस गर्न एक जना वरिष्ठ अधिवक्तासहित चारजना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको थिए । मुद्दाको वादी जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलले पनि बहस गर्ने छन् ।
प्रतिक्रिया