जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगायो

जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगायो


काठमाडौँ ।  चितवन जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।

आज थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुने गरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।