बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘प्रचण्ड’ले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन् ।

पाण्डेले भनेका छन्, ‘उहाँ ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिनुहुनेछ ।’

संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु भएको छ । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, ‘प्रचण्ड’ बोलेका थिएनन् ।

बिहीबार प्रतिनिधि सभामा यसअघि सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने लगायत सम्भावित कार्यसूची छ ।