काठमाडौँ । नेकपा एमालेले घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ ।
आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टी विरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङले जानकारी दिएको छ । शाह स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।
शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभाबी लेख्दै आएको आरोप छ । अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने बताइएको छ ।
प्रतिक्रिया