काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि-२० सिरिजमा थाइल्यान्डले नेदरल्याण्ड्सलाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रनको योगफल बनाएको हो ।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङले तीन र हेटर सिगर्सले दुई विकेट लिइन् ।
प्रतिक्रिया