संसद्‌मा कुण्ठा पोख्ने होइन, तर्क र तथ्यका आधारमा प्रस्तुत हुनुपर्छ – रघुजी पन्त

संसद्‌मा कुण्ठा पोख्ने होइन, तर्क र तथ्यका आधारमा प्रस्तुत हुनुपर्छ – रघुजी पन्त


काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा गरेको सम्बोधनलाई कुण्ठा व्यक्तको संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले संसद् कसैको कुण्ठा पोख्ने थलो नभएर तर्क र तथ्यका आधारमा सांसदहरू प्रस्तुत हुनुपर्ने भन्दै प्रचण्डको सम्बोधनलाई कुण्ठाको संज्ञा दिएका हुन् ।

सरकारले कानुन संशोधन गर्न ल्याएको अध्यादेश र विधेयकका सवालमा प्रमुख प्रतिपक्षले गरेको टिप्पणीमा कुनै तर्क र तथ्य नभएको पन्तको भनाइ छ । ‘त्यो कानुन संशोधनमा कुन दफाले नेपाली जनताको अधिकारमा हानी गर्‍यो रु कुन दफाले वाक स्वतन्त्रता खोस्यो रु’, प्रश्न गर्दै पन्तले भने, ‘यो संसद् कुण्ठा अभिव्यक्त गर्ने ठाउँ होइन ।’