राष्ट्रिय टिममा राजमतीको डेब्यू

राष्ट्रिय टिममा राजमतीको डेब्यू


काठमाडौं- नेपालका प्रख्यात क्रिकेटर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमती ऐरीले राष्ट्रिय टिममा डेब्यू गरेकी छन् । त्रिकोणात्मक टि २० सिरिज अन्तरगत आज थाइल्यान्डविरुद्धको खेलमा उनी प्लेइङ ११ मा अटाएकी हुन् ।

राजमतीले यसअघि एसीसी महिला एसिया कपमा टोलीमा परे पनि खेल्ने अवसर पाएकी थिइनन् । घरेलु क्रिकेट सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलबाट खेल्ने उनले प्रधानमन्त्री कप महिला क्रिकेटमा राम्रो ब्याटिङ गरेकी थिइन् ।

२२ वर्षीया राजमतीले नेपालको यु-१९ टोलीबाट यसअघि नै प्रतिनिधित्व गरिसकेकी छन् ।