काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गरिने बताएकी छिन् । यसका लागि गृहकार्य अगाडि बढिसकेको पनि उनले जानकारी दिइन् ।
मदन भण्डारी मेमोमिरियल कलेजले क्यूएए (गुणस्तर प्रत्यायनकृत) प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् ।
कक्षा १२ पास गरेपछि विदेश जानुका अनेक कारण हुनसक्ने र उच्च शिक्षा प्राप्त गरेको विषय तलबमा मापन हुन नसक्ने पनि एक रहेको उनले बताइन् ।
‘शिक्षाले तलबलाई मापन गर्न सकिरहेको छैन, समस्या यहाँनेर छ,’ उनले भनिन् ।
सामुदायिक विद्यालय र कलेजका आफ्नै प्रकृतिका समस्या रहेको बताउँदै उनले घट्दो विद्यार्थी संख्या र बढ्दो विदेश पलायन रोक्न शिक्षालाई तलबमा मापन गर्न सक्नुपर्ने जिकिर गरिन् ।
मदन भण्डारी मेमोमिरियल कलेजले गुणस्तर प्रत्यायनकृत ९क्यूएए० प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगले मदन भण्डारी कलेजको गुणस्तर क्यूएए गरेको हो ।
सरोकारवालाहरूले राज्यले शिक्षामा स्पष्ट नीति अवलम्बन गर्न नसकेको भनेर सरकारको ध्यानाकर्षण पनि गरेका छन् ।
प्रतिक्रिया