काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ-आफ्ना धर्म संस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताएका छन् ।
बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसार शुभकामना आदान-प्रदान कार्यक्रममा आज उनले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताए ।
नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सबै जातजाति र समुदायको कला संस्कृति तथा पहिचानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको बताए ।
प्रतिक्रिया