प्रचण्ड’को दाबी : ‘सरकारको ध्यान संविधान संशोधनमा होइन, पदमा छ’

प्रचण्ड’को दाबी : ‘सरकारको ध्यान संविधान संशोधनमा होइन, पदमा छ’


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारको ध्यान संविधान संशोधन भन्दा पनि पदका लागि मात्र भएको बताएका छन्।

संविधान संशोधनमा सरकारको ध्यान भएको भए आजसम्म प्रक्रिया सुरु भइसक्ने ‘प्रचण्ड’ले बताए। तर, त्यस्तो प्रक्रिया सुरु हुन नसकेको उनको भनाइ थियो।

‘प्रचण्ड’ले काँग्रेस-एमालेले जहिले पनि पदका लागि मात्र काम गरेको आरोप लगाए। संविधान बन्दा पनि उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री पद बार्गेनिङ गर्दैमा लामो समय खर्च गरेको ‘प्रचण्ड’को आरोप छ।

बरु आफूले कुनै पद चाहिन्न र संविधान बने हुन्छ भनेपछि संविधान बनेको उनले दाबी गरेका छन।