काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको छ ।
गत बिहीबार म: म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भएको हो ।
अन्य ९ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया