काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स-सीपीआई) मा नेपाल एक स्थान खस्किएको छ ।
गतवर्ष नेपाल ३५ अंक सहित १०८ औँ स्थानमा थियो । यसपटक एक अंक कम पाएर ३४ अंकसहित १०७ औँ स्थानमा झरेको छ । ५० भन्दा कम अंक पाउनेहरू भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा पर्छन ।
सर्वेक्षण शुरु भएको १२ वर्षको अवधिमा नेपालको स्कोर र वरीयता क्रममा हालसम्मकै उच्च हो ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका महासचिव डा। सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासनव्यवस्थाको चुनौती नै रहेको बताए ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न मुलुकहरूमा हुने भ्रष्टाचारमाथि आम धारणा बटुल्ने क्रममा आफैँ सर्वेक्षण गर्दैन । विभिन्न संस्थाहरूले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुस खोरीका बारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ ।
विभिन्न निकायहरूले गरेको सर्वेक्षणलाई विश्लेषण गरेर ट्रान्सपरेन्सी इन्टरनेशनलले सीपीआई सार्वजनिक गर्ने गर्दछ ।

प्रतिक्रिया