सरकारले संसद्लाई अपहेलना गर्‍यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे

सरकारले संसद्लाई अपहेलना गर्‍यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई अपहेलना गरेको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले सरकारले जनताको आवाजलाई ठिक ढंगले सुन्न नचाहेको बताए।उनले भने, ‘हामीले छलफल गरेरै आज भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची थियो। तर, आज सरकारले समय छैन भनेर अन्तिम समयमा कार्यसूची हटाइयो। संसदले सरकारले जहिले जेजे भन्यो त्यही अनुसार चल्ने हो कि ? जनताका प्रतिनिधि भएको संस्थाले बनाएको कार्यसूची सरकारले पनि पालना गर्नुपर्ने होइन ? बारम्बार यस्तै कुरा उठेको छ।’

उनले समितिबाट पारित भएर आएको भ्रष्टाचार विधेयक सदनमा नल्याएर कसरी अघि बढ्न खोजेको छ ? भन्दै प्रश्न गरे।