काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको विषयमा छलफल चलिरहेको बताएका छन्।
सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै पार्टी एकताको आधार तयार गर्नको लागि समाजवादी मोर्चाबाट सहकार्य गरेको बताए। उनले सरकारले देश जनताका पक्षमा काम गर्न नबनेको भन्दै भ्रष्टहरूलाई बचाउन केन्द्रित भएको बताए।
उनले सरकार अपारदर्शी र भ्रष्टाचारमा केन्द्रित भइरहे गलत कामलाई हेरेर नबस्ने बताए।
प्रतिक्रिया