काठमाडौं । गायिका एलिना चौहान र श्रीमान विष्णु सापकोटाको सम्बन्धविच्छेद भएको छ । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध नौं महिनामै टुङ्गिएको छ । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । गायिका चौहानले आज (मंगलबार) बाट पति विष्णु सापकोटासँग आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन् ।
‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानूनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले आफ्नो आधिकारिक तथा प्रमाणित फेसबुक ह्याण्डलमा लेखेकी छन्, ‘पत्नीका अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै–धेरै शुभकामना विष्णु ।’
प्रतिक्रिया