घुससहित पक्राउ परेका दुई कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

घुससहित पक्राउ परेका दुई कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौँ- सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतले २० हजार रुपैयाँ घुस सहित पक्राउ परेका स्रेस्तेदार मिश्रलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतकै कम्प्युटर अपरेटर पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरूले घुस मागेको र लिएको ठहर गरेको हो ।

उनीहरूले लिएको २० हजार रुपैयाँ बरामद भएको, घुस मागेको भिडियो र अडियो समेत मुद्दाका साथमा पेश भएको भन्दै विशेष अदालतले उनीहरूलाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गर्ने आदेश गरेको हो ।