काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । मंगलबार ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरूले समयमै न्याय निरूपण गर्ने गरेको बताए ।
न्यायिक समिति संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण गरिएको जानकारी दिइन् ।
प्रतिक्रिया