आज ८ वटा संसदीय समितिको बैठक बस्दै

आज ८ वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।

जसअनुसार प्रतिनिधि सभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई समितिका बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्ने कार्यसूची छ। यस्तै, सोही समयपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्नेछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकको पनि ११ बजे नै बस्दैछ ।  त्यस्तै, बिहान ११ बजे नै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्नेछ ।

त्यस्तै, साढे ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । त्यस्तै, मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसपछि साढे १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची रहेको छ ।