२७ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२७ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार ७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ९३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags