प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.२९ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.२९ अंकले बढ्यो


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.२९ अंकले बढेर  २६८७.१६ विन्दुमा पुगेको हो।

यो समयमा ६८ स्क्रिप्सको २६ हजार ७२० कित्ता सेयर १ करोड ६१ लाख ५९ हजार ७३८ रुपैयाँमा खरिदबिक्री भएको छ।

प्रि-ओपन सेसनमा कारोबारमा आएकामध्ये ३४ स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेको छ भने यो समयमा ७ वटा स्टक्सको मूल्य भने स्थिर रहेको छ ।