मदन भण्डारीले पाए युवा विज्ञ परिषद्को प्रमुखको जिम्मेवारी

मदन भण्डारीले पाए युवा विज्ञ परिषद्को प्रमुखको जिम्मेवारी


काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले युवा विज्ञ परिषद्को नेतृत्वमा कास्कीका मदन भण्डारीलाई चयन गरेको छ। आज युवा संघले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो।

परिषदमा एक प्रमुख, एक उपप्रमुख, र एक सचिव सहित ५१ केन्द्रीय सदस्य रहनेछन्। परिषद् लामो समयदेखि सुस्त अवस्थामा रहेकाले अब यसलाई सक्रिय बनाउने लक्ष्य सहित नयाँ नेतृत्व चयन गरिएको युवा संघले जनाएको छ।