काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको पार्टी फुटाउनको लागि अध्यादेश ल्याउने आफ्नो कुनै योजना नरहेको बताएका छन्।
निजामती कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै राजनीतिक दल विभाजनसम्बन्धी अहिले कुनै कानून नभएकाले सदनमा विधेयक ल्याउने बताए।
उनले भने, ‘अहिले पार्टी फुटाउन अध्यादेश ल्याउन खोज्यो भनेर कराउँदै छन्। नाम पनि लिन्न तपाईँहरू चिनिहाल्नुहुन्छ। तिनीहरूले एमाले फुटाउन अध्यादेश ल्याएका थिए। हामीलाई कुनै अध्यादेश ल्याउनु छैन। हामी संसदबाट विधेयक ल्याउँछौँ। अध्यादेश चाहिँदैन। संसदमा विधेयक ल्याएर ऐन बनाउँछौँ।’
उनले दुई तिहाइको सरकार भएको दाबी गर्दै कसैको पार्टी फुटाउन आवश्यक नभएको जिकिर गरेका छन्।
उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई लक्षित गर्दै भने, ‘फेरि फुटाउन पनि कुनै चट्टान फोर्ने होइन, यत्रा यत्रा गिट्टी ढुंगा फुटाएर को बस्छ। त्यो आवश्यकता छैन। शोक पनि छैन।’
प्रतिक्रिया