शंकर पोखरेलको दाबी : अध्यादेश रोकिने वाला छैन, पास गर्ने अनेक विकल्प छन्

शंकर पोखरेलको दाबी : अध्यादेश रोकिने वाला छैन, पास गर्ने अनेक विकल्प छन्


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित हुने दाबी गरेका छन् । एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विरोध भयो भन्दैमा कुनै अन्योलमा नपर्न आग्रह गरेका हुन् ।

पोखरेलले भने, ‘अब अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्नुहोला । प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो । त्यसैले हामी जसरी पनि टुङ्ग्याउँछौँ । त्यो रोकिने वाला छैन । अनेक विकल्पहरू छन् ।’

उनले सरकारले प्रविधि क्षेत्रको सुधारका लागि पनि काम गरिरहेको बताए ।

‘सरकारले एक दशलाई आईसीटीको दशक भनेर घोषणा गरेको छ । एक दशकमा कसरी के गर्ने भन्ने योजना बनाउन सकेको छैन । सरकारले घोषणा गरेको यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउनुपर्छ भनेर लागेका छौँ । सरकारले अहिले अध्यादेशका माध्यमबाट पनि यो क्षेत्रलाई सम्बोधन गर्न कोसिस गरेको छ ।’