काठमाडौँ । नारायणगढ-मुग्लिन सडक-खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको हो ।
प्रहरीअनुसार दुर्घटना स्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस-३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका-१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र भेटिएको छ ।
उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया