नयाँ दिल्ली । शनिबार राति भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९स्२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो। घटनामा २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ।
दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो।
महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो। राति करिब ८: ३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो। रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्। नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मृत्यु भएकाहरूप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गरेका छन्। यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया